Follow @khasokhasmag

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको सन्दर्भमा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको भनाइ छ ।
अखिल ९क्रान्तिकारी० का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले आज एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन ।

कामचलाउ सरकारले वामपन्थी गठबन्धनलाई सरकार गठनमा सहयोग पु¥याउनुपर्ने समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको उल्लेख गरिएको छ ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै शुक्रबार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र पेट्रोलमा प्रतिलिटर रु २ मूल्यवृद्धि गरेको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com