कास्की २ (क) मा एमालेका थापा


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा कृष्ण थापा बिजयी भएका छन् । एमाले कास्कीका अध्यक्षसमेत रहेका थापाले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरु बराललाई पराजित गरेका हुन् ।

थापाले १५ हजार ३ सय २९ मत ल्याए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बरालले ८ हजार ३ सय २५ मत पाए । बराल नेविसंघका पूर्व नेता हुन् । बिजयी थापा २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसकी शारदा पौडेलसंग कास्की क्षेत्र नम्बर दुईमा पराजित भएका थिए । बराल पहिलोपटक चुनावी मैदानमा उत्रिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com