मोरङमा वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र रिजाल विजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com