काठमाडौं, २२ मंसिर । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् । यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् ।
शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।
प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।
पूर्वी र पश्चिम दुवै रूकुममा माओवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।