म्याग्दीको प्रदेश सभा क मा वाम गठबन्धनका विनोद केसी र ख मा नरदेवी पुन विजयी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, म्याग्दी, म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धनका विनोद केसी निर्वाचित भएका छन् । प्रदेशसभामा खसेको कुल २७ हजार ६७५ मतमध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याएका छन्।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ वर्षिय केसीले २ हजार ५२९ मत अन्तरले विजयी भएकी छन् । प्रदेश सभा क को मतपरिणाम औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको छ ।

यसैबीच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन विजयी भएकी छन् । मंसिर १० गते भएको निर्वाचनमा खुद खसेको १९ हजार ७७४ मतमध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजित गरेका छन्। फगामीले ७ हजार ९९० मत प्राप्त गरेका छन्।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा समेत बाम गठबन्धनका उम्मेदवार एमालेका भुपेन्द्रबहादुर थापाले नै अग्रता कायम गरेका छन्। प्रतिनिधिसभा सदस्य पदमा एमाले ९भुपेन्द्रबहादुर थापा) १७१९९ र काँग्रेस ९खमविर गर्वुजा०ः १५५७३ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभाको मतगणना जारी छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com