दार्चुलामा वाम गठबन्धनका उम्मेदवार अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

दार्चुला ,२२ मंसिर । मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तीन ओटा उम्मेदवारहरुले अग्रता लिएका छन् । विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।


पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिँह धामीले ७ हजार ७ सय १२ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेवारहरुले अग्रता लिइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार गेल्बुसिँह बोहराले २ हजार ३ सय ८८ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस उम्मेदवार मदन गिरीले १७ सय ३ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन उम्मेदवार मानबहादुर धामी सन्तोषले ३ हजार ४५ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले २३ सय ८१ मतका साथ पछ्याइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com