शक्ति बस्नेतको अग्रता कायमै


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

जाजरकोट २२ मंसिर । जाजरकोटको पछिल्लो मतपरिणाममा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शक्ति बस्नेतले अग्रता कायमै राखेका छन्।

माओवादी नेता एवं पूर्व गृहमन्त्री बस्नेतले ५९०९ मत पाएका छन्। उनलाई काँग्रेसका राजीव विक्रम शाहले ४ हजार १५१ मतसहित पछ्‌याइरहेका छन्।
त्यसैगरी प्रदेशतर्फ क मा काँग्रेसका बेदराज सिंह ३९७५ र माओवादीका गणेश प्रसाद सिंहको ५६५१ ख मा एमालेका करबिर शाही ५६९० काङ्ग्रेसका दिपकजङ शाह ४५०३ मत पाएका छन्।
प्रतिनिधि सभातर्फ १० हजार २९५ मत गणना भएको छ। प्रदेशतर्फ क मा ९७७४ र ख मा १०४९४ मत गणना भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com