मतदान केन्द्रमा भेटियो बम, अझै सुरु हुन सकेन मतदान


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ अन्तर्गत वाणगंगा नगरपालिका बोडगाउँस्थित वाणगंगा बहुमुखी क्याम्पस मतदान केन्द्रमा बम भेटिएको छ।
मतदानको समयमै बम भेटिएपछि मतदान सुरु हुन सकेको छैन । बम डिस्पोज गर्न सेनाको टोली सो स्थानमा पुगिसकेको छ।
बम रहेको स्थानको ५०० मिटरदेखि १ किलोमिटर क्षेत्रसम्म मतदातालाई आउन दिइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com