Follow @khasokhasmag

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लाग्नु भएको छ ।

आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिनुभएको छ । यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com