बेलायतको इयूबाट हुने बर्हिगमनका लागि सम्झौतावार्ता ‘सहमति नजिक’ : टस्क


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

यूरोपियन यूनियन (इयू) र बेलायतबीच बेलायतको इयूबाट बर्हिगमनका लागि सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयू प्रमुख डोनाल्ड टस्कले सोमबार बताउनुभएको छ ।
बेलायतको बर्हिगमनका लागि भएको वार्ता यस पहिलेको तुलनामा सहमतिको निकै नजिक पुगेको टस्कले बताउनुभयो । सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, इयू प्रमुख टस्कले बताउनुभयो ।
टस्कले भन्नुभयो, “मैले ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग गरेको टेलिफोन वार्ता निकै सकारात्मक पाएको छु । यसबाट म निकै उत्साहित बनेको छु ।”
केही समयपछि यही डिसेम्बरमा इयू सम्मेलनमा प्रक्रियाका लागि थप छलफल हुने बताउदै आएरल्याण्डका प्रधानमन्त्रीसँगको फोनवार्ता निकै सकारात्मक पाएको टस्कले बताउनुभयो । टस्कले इयू नेताहरूे खुला व्यापारवार्ताका लागि सहमति जनाउने सङ्केत दिँदै पछिल्लो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com