ट्रम्पको गाली


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै दक्षिण एसियाको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केको कुरा सबैलाई थाहा छ । उनी फर्कनुअघि हाम्रो उत्तरको छिमेकी देश चीन गएर उत्तर कोरिया विरुद्ध लाग्न अनुरोध गरे । चीनमै रहँदा उनले उत्तर कोरियाका राष्ट्रपतिलाई निकै गाली गरेको पनि सुन्न पाइयो । ट्रम्पले किमलाई गरेको गाली सुन्दा मलाई बाल्यकालको याद आयो । बाल्यकालमा अलि निम्न वर्गका बालबालिका

तेरा बाबुको यस्तो अवगुण, तेरी आमाको यस्तो अवगुण, हामी सबै त गुणैगुणले सम्पन्न भएका भन्नेजस्ता गाली गरेर आफ्नो मनलाई शान्त बनाउने प्रयास गर्थे । यस पटकको गालीमा अमेरिकाजस्तो बाउ देशको सर्वाेच्च व्यक्ति राष्ट्रपति चीन आएर उत्तर कोरियाली शासकको शरीरको बनावटलाई इङ्गित गर्दै मोटो र भद्दा शरीर भएको भनी आलोचना गर्दा मलाई त आफैदेखि शरम लागेर आयो । शारीरिक बनोटको आलोचना गर्नुको साटो उनका खराब व्यवहारको आलोचना गरेर सुधार्ने प्रयास गरेका भए देख्ने र सुन्नेलाई पनि अलि मजा लाग्थ्यो कि ? शरीर प्रकृतिले दिएको हो, बानी आफूले बनाउने हो भन्ने कुरा पनि ट्रम्पलाई सायद थाहा थिएन होला र त उनी केटौले

गालीमा उत्रेका होलान् ।

– केशव अधिकारी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com