बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही –अध्यक्ष ओली


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताउनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उहाँले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाउनुभयो ।

नेता ओलीले भन्नुभयो, “एउटा शासन व्यवस्था,राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो ।” अध्यक्ष ओलीले सुशासन कायम राख्न, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उहाँले नेकपा एमालले नै क्षेत्रीयवादी वैमनुष्यता हटाइ राष्ट्रिय एकता कायम राख्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतुत्वमा बनेको सरकारले नै शहीद घोषणा गरेको स्मरण गराउनुभयो ।

चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरबाट छैंठो शहरमा पु¥याएको आरोप लगाउदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताउनुभयो ।

सभामा नेकपा (माओवादी केन्द्र)का लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तर विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com