मेरील्याण्डमा चर्चित फोटो पत्रकार राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक साथै तस्बिर प्रदर्शनी


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

विजय थापा ,मेरिल्याण्ड

अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटो पत्रकार राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक साथै तस्बिर प्रदर्शनी भव्यता को साथ सम्पन्न भएको छ l

नेपालका चर्चित ग्लामर(मनमोहकता )तस्बिर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठ द्वारा अमेरिकाको भर्जिनिया ,न्युयोर्क ,मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु(नमूना )युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्बिरलाई पात्रो निर्माण गर्दै “ग्लाम क्यालेन्डर २०१८ “को सार्बजनिक गरेका छन् l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनलाई अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहने लाई समेतलाई उनले प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएको बताए l उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड ,त्यसपछि ग्लामर क्यालेन्डर (मन मोहकता पात्रो )निकालेको बताए l आफ्नो संक्षिप्त मन्तब्य राख्ने क्रममा नेपालमा २०६५ सालमा यामाहा ले सौजन्य गरेर पात्रो निकालेको बताए l आफुले गरेका उक्त काम बाट मुनाफा कमाउन नसकेको बताए l

अमेरिका आउनु मेरो सपना थियो भन्दै अमेरिकामा आएर पनि पेशालाई निरन्तरता दिएको बताए l ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की प्रमुख अतिथि रहेका थिए भने भने राजदुत कार्कीले शुभकामना दिएका थिए l

समारोहमा राजिव श्रेष्ठ बारेमा उनको परिचय कार्यक्रम संचालिका सृजना सिंह योञ्जनले गरेकी थिइन् भने कार्यक्रममा ईनेप्लिज का तर्फ बाट विजय थापा तथा डिसी नेपाल बाट खेम भट्टचनले राजिव बारेमा बोलेका थिए l

उनले आफू बिदेशमा रहेता पनि आफ्नो पेशा लाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l

Enepalese

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com