Follow @khasokhasmag

उपेन्द्र यादवको गाडीमा बम प्रहार


प्रकाशित मिति : मंसिर १६, २०७४ शनिबार

धनुषा,१६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरिएको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ ।


राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको थियो । बमबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com