टेलिभिजन स्टण्ड कपी गर्नखोज्ने व्यक्तिका कारण न्युयोर्कमा जले २१ घर


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

टेलिभिजन स्टण्ड कपी गर्न खोज्ने एक व्यक्तिका कारण न्युयोर्कमा २१ वटा घर जलेर ध्वस्त भएका छन् । बिहिबार न्युयोर्कको अपस्टेटमा अल्वानीदेखि उत्तरतिर रहेको डाउनटाउन काहुवजमा आगो अनियन्त्रित भएपछि ती भवनहरुमा क्षति पुगेको हो । आगलागीबाट ३ वटा भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने अरु १८ वटा भवनमा क्षति पुगेको छ । आगलागीपछि कम्तीमा २० जना बिस्थापित भएका छन् ।

५१ बर्षका जोन गोमेजले हिस्ट्री च्यानलमा प्रशारण हुने ‘फर्जड इन फायर’ कार्यक्रमबाट प्रभावित भएर धातुको पाता बंग्याएर तरबार बनाउनका लागि घरको पछाडिपट्टी बालेको आगो अनियन्त्रित भएको थियो । उनलाई १५ हजार धरौटी तोकेर हिराशतमा लिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com