Follow @khasokhasmag

५० हजार घूस माग्ने इन्जिनियर पक्राउ


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

मंसिर १३, सिँचाई विकास डिभिजन कार्यालय कास्कीका ५० हजार घूस माग्ने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भूर्तेललाई नियन्त्रणमा लिएको हो । पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लम्बाईको टाकान्जा टार सिँचाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो । आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारकसमेत भइसकेको थियो । त्यसपछि कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले रकम दिएमात्र बनाइदिने भन्दै बार्गेनिङ गर्दै आएका थिए ।

लामो समयसम्म कागज नदिई पैसामात्र मागेपछि कन्ट्रक्सनका कर्मचारीले अख्तियारलाई जानकारी दिएर भुर्तेलले मागेको रकम बुधबार सिँचाई कार्यालय पुगेर दिएका थिए । भुर्तेलले लिएको रकम उनको निवासबाट बरामद भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए । नहर सम्पन्न भएको कार्य अनुभव पत्रका लागि उनले घुस मागेको बताइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com