आचारसंहिता उल्लंघन गर्नेको नाम र पद अर्कै हो, म त एमाले अध्यक्ष हुं : ओली


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

झापा १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै आफ्नो नाममा स्पष्टिकरण सोधेकोमा आपत्ति प्रकट गरेका छन् ।

बुधबार गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले भने , निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे भन्ने व्यंग्य गर्दै आयोगलाई चुनाव विरोधी हर्कत बन्द गर्न सुझाव दिएका छन् । उनले आफूलाई काटिएको भनिएको पत्रबारे आफूलाई थाह नभएको बताउंदै भने किन काटेको थाहा छैन ।’

पत्रपत्रिकाबा विज्ञापनबारे आफूलाई थाह नहुेन भन्दै ओलीले ठट्यौली पारामा भने ‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, त्यसबाट नआत्तिन आग्रह गर्दछु ।

आफू आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको भन्दै ओलले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दै भने ् ‘म कांग्रेसको अध्यक्ष हुँ र ? आचारसंहिता उल्लङ्घन गर्न ? म त एमाले अध्यक्ष पो हुँ । ’
केही दिन पहिले देउवा झापा पुगेर कम्युनिस्टले जिते अधिनायकबाद आउने भन्ने हल्ला गरेको भन्दै ओलीले भने ‘कांग्रेसले आफूलाई नै लोकतन्त्र सम्झिएको छ । उसँग सीमित परिभाषा छ, उसको परिभाषामा कांग्रेस सरकारमा हुँदा मात्र लोकतन्त्र हुन्छ, नत्र हुँदैन ।’
ओली झापा जिल्लाका विभिन्न चुनावी कार्यक्रममका लागि मंसिर १६ गतेसम्म रहने छन् भने १७ गते प्रचण्डको निर्वाचन क्षेत्र चितवनको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com