बम विष्फोटपरि कांग्रेस उम्मेदवार कार्की सहित ६ जना घाइते


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

उदयपुर, १३ मंसिर । उदयपुरको दनुवारबेसीमा बम विष्फोटपरि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।


चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते भएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुर प्रहरीले जानकारी दिएको छ । यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते भएका छन् । कटुवालको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । यसैगरी प्रहरी हबलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ । घाइतेको अहिले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com