Follow @khasokhasmag

इन्डोनेसियाको बालीमा उच्च सतर्कता


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ ।

यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सकेका इन्डोनेसियको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका जनाइएको छ ।
सरकारी अधिकारीहरुले ज्वालामुखि विस्फोट हुन सक्ने क्षेत्रबाट १२ किलोमिटर टाढा रहनको लागि आग्रह गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com