आगलागीमा परी तेह्रको मृत्यु
प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् ।
यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए ।
पञ्जावको राजधानी चेन्नईदेखि १०० किलोमिटर टाढा पर्ने मुस्ताक नगरमा रहेको सो प्लाष्टिक कम्पनीमा भएको आगलागी नियन्त्रणको लागि ५० भन्दा बढी अग्नीनियन्त्रकहरुको सहभागीता रहेको थियो ।
आगलागी भएको भवनको भग्नावशेषबाट केही व्यक्ति र केही अग्नी नियन्त्रकसमेत गरी १३ जनाको शव निकालेको लुधियानाका प्रहरी उपनिरीक्षकले बताउनु भएको छ ।
सो घटानामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
आगलागी भएको कारखानाभित्र पुरिएकाहरूलाई बाहिर निकाल्नका लागि अन्य उद्वारकर्ताहरू अर्धसैन्य सुरक्षाकर्मीहरू लगायतलाई परिचालन गरिएको छ ।
पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्द्र सिंह मङ्गलबार घटनास्थल पुग्नु भएको र मृतकको परिवार र घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नको लागि आदेश दिएको बताएको छ ।
यस घटनाको अनुसन्धानको लागि पनि सिंहले आदेश दिनु भएको छ ।