समुदाय र जनजीविकाका माग सहित नयाँ शक्तिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट सहसंयोजक रामचन्द्र झा र दुर्गा सोबको नेतृत्वमा गएको टोलीले कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संबोधन गर्न नसकेको जनाउँदै ती सबै समुदायको जायज मागको सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने जनाएको छ । नयाँ शक्तिले देशको जल्दोबल्दो समस्याहरुलाई राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास–निर्माणतर्फ, राष्ट्रियता सम्बन्धमा, शान्तिप्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरुअन्तर्गत राखेर विस्तृत ज्ञापनपत्र बुझाएको हो ।

नयाँ शक्तिलेआन्दोलनरत दलहरुको माग सम्बोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न माग गरेको छ । त्यसैगरी, २०७४ साल माघ ७ गतेभन्दा अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्पmबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्ने माग गरेको छ । ज्ञापनपत्रमा संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामाथ्र्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनर्संरचना गर्नसमेत माग गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र राष्ट्रिय गौरबका आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनसमेत माग गरेको छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजारमा व्याप्त कालोबजारी र महंगी नियन्त्रण गर्न देशभर स्पेशल टाक्स फोर्स ‘एसटीएफ’ बनाउन रमहिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअकिार बिरुद्धको गम्भीर अपराध भएकोले तत्काल यसको अन्त्य गर्न कठोर कदम चाल्नससमेत सरकारसमक्ष माग गरेको छ ।

यसैबीच नयाँ शक्ति पार्टी नेपाल काठमाडौंलेसमेत प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउनु अघि अनामनगरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित आफ्ना मागहरुलाई तुरुन्त पूरा नगरे आफूहरु अझ सशक्त आन्दोलनमा उत्रिने बताउनुभयो । नयाँशक्ति पार्टीले आज ७५ वटै जिल्लाहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com