केपी ओलीले भने-प्रहरीलाई हेक्का रहोस्, वामपन्थीको सरकार बन्दैछ


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

२ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।

शनिबार साँझ झापाको दमकमा आयोजित आफ्नै निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने- ‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । त्यही अनुसारको व्यवहार गर्नुहोला ।’

चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्‍याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ओलीले अगाडि भने- ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’

आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने- ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं, अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो !’

एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड र बद्री पंगेनी लगायतका कलाकारलाई समेत दिएर शनिबार ओली दमक पुगेका थिए ।

कार्यक्रममा उनले प्रंचण्डलाई मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर सम्वोधन गरे । झापा आउनुभएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको बताए ।

कम्युनिष्टहरुको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे । उनले भने- ‘अब कम्युनिष्ट एकता भयो, भयो । अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्यो बन्यो । देश भ्रष्टाचारमुक्त भयो भयो ।’

एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा दिए । उनले भने- ‘यो नालायक कांग्रेस सरकार हो, ज्ञानेन्द्रले समेत असक्षम नालालक भनेर हटाएको हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com