नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक काठमाडौं । नागरिक लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययने गर्ने भएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ ।
हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो ।
रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । जसमा रुट एक लगानी बोर्ड आफैले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो ।