परमाणु अस्त्रलाई लिएर फेरि वाक्युद्ध


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु गरेका छन्।

उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई ‘युद्ध रुचाउने’ र ‘वृद्ध व्यक्ति’ भनेका छन्।

उत्तर कोरियाले परमाणु अस्त्रको विकास नरोक्नेमा उनले जोड समेत दिए।

एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै ट्वीट गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियालाई नष्ट गर्ने ट्रम्पको चेतावनी

उत्तर कोरिया: ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो’

भरमग्दुर

उनले आफूले किम जङ-अनलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने बताए।

आफूले उत्तर कोरियाली नेताको साथी बन्न भरमग्दुर प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुनसक्ला भनेका छन्।

यसअघि किम जङ-अनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेका थिए।

ट्रम्प दिमाग खराब भएका गुण्डा: किम

ट्रम्प-किम वाकयुद्ध ‘बच्चाहरुको झगडा जस्तै’

ट्रम्पतस्वीर कपीराइटREUTERS

केही महिनाअघि ट्रम्पले उत्तर कोरियालाई ‘सिध्याइदिने’ चेतावनी पनि दिएका थिए।

त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जङ-अनले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भनेका थिए।

दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जङ-अनबीचको वाक्युद्ध साना ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com