Follow @khasokhasmag

भक्तपुरमा ट्याक्सीभित्रै मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

२२ कात्तिक, काठमाडौं । भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक व्यक्ति सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चालक हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

टाउकोमा ढुंगाले हानेको घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । भक्तपुर प्रहरी प्रवक्ता प्रसाईंले बिभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com