नेपालमा चिनियाँ रेल : सम्भाव्यता अध्ययन सुरु


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

– चन्द्रशेखर अधिकारी, काठमाडौं

कार्तिक २२, २०७४-चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा रेलको सम्भावनाबारे फेरि अध्ययन थालेको छ । केही रेलवे कम्पनीका अधिकारी र प्राविधिकसहित आएको टोलीले दुईपक्षीय प्राविधिक वार्ता र प्रस्तुतिसँगै स्थलगत अध्ययन गरिरहेको छ । पाँच दिने भ्रमणमा आएको उक्त टोली थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर चीन फर्कनेछ ।

चिनियाँ राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियन नेतृत्व टोलीले नेपालमा चीनबाट ल्याउने भनिएको रेलबारे अध्ययन थालेको हो । टोलीले केरुङसम्म चीनले ल्याउने रेललाई काठमाडौं र पोखरा पुर्‍याउँदै लुम्बिनी जोड्ने विषयमा अध्ययन थालेको हो । सोमबार यसबारे नेपाली पक्षसमक्ष प्रस्तुति दिएको टोली मंगलबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी पुगेको थियो । स्याफ्रुबेंसीबाट मंगलबारै साँझ काठमाडौं फर्केको टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जानेछ ।

टोलीमा रेलमार्गमा लगानी गर्ने व्यवसायी पनि छन् । पाँच भिन्न कम्पनीका प्राविधिक र व्यवसायीसहित टोलीमा १६ जना छन् । टोलीमा चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्यायले कान्तिपुरलाई बताए । ‘हामीले हाम्रो अवस्था र अहिलेसम्मको अध्ययनबारे बतायौं । उनीहरूले पनि लगानी गर्न सक्नेबारे जानकारी दिँदै आफ्नो प्रविधिको बारेमा जानकारी दिए,’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा रेल विभागले प्रस्तुत गरेको प्रतिवेदनका अधारमा नै चिनियाँ पक्षले अध्ययन थालेको रेल विभागका अधिकारीले बताए । ‘हाम्रा इन्जिनियरलाई चीनले प्रशिक्षण दिने भएको छ । यसबाट पनि चिनियाँहरू नेपालमा रेल जोड्न चाहन्छन् भन्ने देखिन्छ,’ उपाध्यायले भने, ‘रेलको दुई देशीय मात्र होइन, आन्तरिक तथा मेट्रोरेल मोडलबारे पनि छलफल भएको छ ।’ नेपालमा केही स्थानमा रेलमार्ग बनिरहेको छ । केही दिगो परियोजनाका लागि विस्तृत अध्ययन भइरहेका छन् । तर रेल नै हेर्ने विशेष प्राविधिक छैनन् । यस्तो अवस्थामा चीनले नेपालका इन्जिनियरलाई रेल इन्जिनियर बनाउन सहयोग गर्ने बताएको छ ।

सरकारले यसअघि नै काठमाडौं र पोखरालाई रेलमार्गले जोड्न खोजेकाले पनि यो प्रक्रियामा चिनियाँ पक्षलाई सहज हुनेछ । नेपालले प्रस्तुत गरेको योजनामा काठमाडौं–केरुङभन्दा पनि काठमाडौं–पोखरा रेलमार्गको विवरण रहेको छ । तर चीनले सबै पक्षलाई उत्तिकै ध्यान दिँदै केरुङलाई लुम्बिनीसम्म जोड्न जोड दिएको टोलीका एक सहभागीले बताए । चिनियाँ चासो काठमाडौंमा बनाउने भनिएको मोनोरेल तथा मेट्रो रेलमा पनि छ । चीनको ल्हासाबाट सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० मा केरुङ आइपुग्ने भएपछि त्यहाँबाट नेपाल जोड्न खोजिएको हो ।

Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com