साउदीमा नेपालीलाई भोकभोकै राखेर कुटपिट


प्रकाशित मिति : भाद्र ३१, २०७३ शुक्रबार

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली युवाले त्यहाँको रोजगारदाता कम्पनीका मानिसको हातबाट उल्टै कुटाई खानुपरेको छ। आकर्षक तलब हुने भन्दै नेपालगन्जस्थित कर्णाली म्यानपावरबाट साउदी पुगेका सातजना नेपालीले रातदिन पसिना बगाएर पनि भोकैमात्रै बस्नुपरेन कम्पनीका मानिसको हातबाट पनि कुटाई खानुपरेको हो ।

साउदी अरबस्थित हासा एल डोस्री फोम कम्पनीमा राम्रो काम र तलब पाइने आशामा पुगेका तीन नेपाली युवाले ज्यान बचाउनका लागि नेपाल प्रहरीलाई गुहार लाउनु परेको छ । साउदीमा भोकभोकै परेर कम्पनीका मानिसहरुबाट कुटाई समेत सहनुपरेपछि ती सात नेपाली युवाले आफ्नो ज्यान बचाई नेपाल फर्काइदिन गुहार मागेपछि महानगरीय प्रहरी अपराध महाशाखाको पहलमा मङ्गलबार उद्धार गरेर नेपाल ल्याइएको छ ।

महाशाखाका अनुसासर म्यानपावरले भनेजस्तो काम र तलब नपाएर जीवन नै जोखिममा परेका उनीहरुले आफूहरुको जीवनरक्षा गरि नेपाल फर्काइदिन भन्दै गुहार मागेका थिए । अपराध महाशाखाका अनुसार उद्धार गरिएका युवाहरुमा बर्दिया जमुनि सीतापुरका देव बहादुर कँडेल, मुगुके हयागलुका रनबहादुर रोकाया, बाँकेको नेपालगन्जका मोहमद आरुन खान, नेपालगन्जकै निसार खान, बर्दिया शिवपुर-२ का खगेन्द्र नाथ योगी, बाँके मनिकापुर-४ का लिलबहादुर रोक्का मगर र बाँकेको पुरौना -७ मोहमद सबिर खान रहेका छन् ।

‘म्यानपावर कम्पनीले सम्झौता गरी पठाए अनुसारको काम र तलब नपाएको र तलब माग्न जाँदा पटक पटक कम्पनीका मानिसबाट कुटाई समेत खानु परेको गुनासो उनीहरुले हामीसँग गरेका थिए’, अपराध महाशाखाको विज्ञप्तीमा भनिएको छ, ‘ तलबसँगै काम पनि नदिएकाले खान बस्न समस्या भएको भन्दै जीवनरक्षा गरी नेपाल फिर्ता गराउन आग्रह गरेकाले उद्धार गरी नेपाल ल्याइएको हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाशाखाले उनीहरुको उद्धारका लागि साउदीस्थित नेपाली दूतावास तथा अन्य सरकारी निकायसँग समन्वय गरेको थियो । महाशाखाले उनीहरुलाई पठाउने म्यानपावर र ठगीबारेमा अनुसन्धान अघि बढाइएएको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com