एसिया भ्रमणका क्रममा ट्रम्प जापानमा


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन्।

टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरे।

उनले आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले आवश्यक स्रोतसाधन पाइरहने बताए।

आफ्नो स्वतन्त्रताको रक्षा गर्ने विषयमा अमेरिका कहिल्यै कमजोर नहुने भएकोले कुनै पनि मुलुक वा तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने ट्रम्पले जिकिर गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परीक्षण

जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन्।

गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ।

ट्रम्प

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन्।

आफ्नो भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ।

सहयोग

जापानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेट हुन सक्ने बताए।

उनले भने, “मेरो विचारमा पुटिनसँग हाम्रो भेट हुनसक्छ। उत्तर कोरियाली मुद्दामा हामी पुटिनको सहयोग चाहन्छौँ।”

ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ।

भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठकमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन्।

त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण-पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com