कुन उमेरमा रिटायर हुने ? अमेरिकीहरूमाझ अझै हटेन अन्योल
Photo: Documerica/ Unsplash
अमेरिकामा कुन उमेरमा रिटायर हुने भन्ने विषयमा धेरै मानिसहरू अन्योलमा पर्ने गरेका छन्। सामाजिक सुरक्षा ६२ वर्षमा दाबी गर्न सकिन्छ भने ६५ वर्षमा मेडिकेयर सुविधा उपलब्ध हुन्छ। यद्यपि, पूर्ण अवकाश उमेर ६७ वर्ष मानिन्छ र अधिकतम लाभ लिनका लागि ७० वर्षसम्म पर्खनुपर्छ।
इम्प्लोयी बेनिफिट रिसर्च इन्स्टिच्युट र ट्रान्सअमेरिका सेन्टरका वार्षिक सर्भेअनुसार औसत अमेरिकी ६२ वर्षको उमेरमा रिटायर हुन्छन्। तर बोस्टन कलेजको तथ्याङ्क अनुसार यो उमेर महिलाका लागि ६२.६ र पुरुषका लागि ६४.६ वर्ष रहेको छ। अमेरिकामा निश्चित एउटै अवकाश उमेर नभएकाले हाल मुख्य ४ माइलस्टोनहरूलाई आधार मान्ने गरिन्छ:
यो उमेरलाई धेरैजसोले प्रारम्भिक अवकाशको रूपमा लिन्छन्। सामाजिक सुरक्षाको रकम निकाल्न पाइने भएकाले धेरै अमेरिकीहरू ६२ वर्षमै रिटायर हुने गर्छन्।
पहिले यसलाई परम्परागत अवकाश उमेर मानिन्थ्यो। अहिले सामाजिक सुरक्षाका लागि यो पूर्ण उमेर नभए पनि अधिकांश अमेरिकीहरू यसै उमेरमा सरकारी स्वास्थ्य बीमाका लागि योग्य हुन्छन्।
सन् १९६० वा त्यसपछि जन्मिनेहरूका लागि वर्तमान नियमअनुसार यो नै ‘पूर्ण अवकाश उमेर’ हो। यस उमेरमा सामाजिक सुरक्षा दाबी गर्दा पूरा रकम प्राप्त हुन्छ।
यदि ६७ वर्षपछि पनि सामाजिक सुरक्षा नलिई पर्खियो भने वार्षिक ८% का दरले लाभ रकम बढ्छ। ७० वर्षमा यो वृद्धि अधिकतम हुन्छ, जसले गर्दा धेरै विज्ञहरू ७० वर्षसम्म पर्खन सल्लाह दिन्छन्।
विगतका दशकहरूमा मानिसहरूको औसत आयु बढ्नु र ४०१ जस्ता बचत प्रणाली लागू हुनुले रिटायर हुने औसत उमेर बढाएको छ। सामाजिक सुरक्षा कोषमा आउन सक्ने संकट निवारणका लागि भविष्यमा यो पूर्ण अवकाश उमेर बढाएर ६८ वर्ष पुर्याउने प्रस्ताव पनि छलफलमा रहेको छ।





