नेपाली सेनाको नेतृत्व हस्तान्तरण हुंदै, पुर्णचन्द्र थापा आगामी प्रधानसेनापति


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

काठमाण्डौ, १७ कात्तिक – नेपाली सेनाका बलाधिकृत रथी ९लेफ्टिनेन्ट जनरल० बलदेवराज महतले हिंजो अवकास पाएका छन् । उनको स्थानमा अब अर्का रथी पूर्णचन्द्र थापा आगामी प्रधानसेनापति बन्ने पक्का भएको छ ।

महत जंगी अड्डाको मर्यादाक्रममा तेस्रो स्थानमा रहेका छन् । अहिलेका प्रधानसेनापति राजेन्द्र क्षत्रिको पनि अवकास लिने बेला भएकाले उनी तेस्रो स्थानमा भएपनि प्रधानसेनापति हुने पक्का भउको हो । प्रधानसेनापति क्षत्रीले २४ भदौ २०७५ मा अवकास पाउँदैछन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा तत्कालिन सरकारले रथी थापाको प्रधानसेनापति बन्ने बाटो खुला गरिसकेको थियो । १५ असोज ९०७४० मा रथीको थापाको पदावधि दुई वर्ष सकिने भएपनि उमेर बाँकी रहेको हुँदा प्रचण्ड नेतृत्वको सरकारले उनको एक वर्षे पदावधि थप गर्ने निर्णय गरेको थियो ।

४ जेठमा थापासँगै हिजो अवकास पाएका रथी महतको पनि पदावधि थप गरिएको थियो । किनभने, उनको दुई वर्षे पदावधि साउन ८ मा सकिँदै थियो । पदावधि नथपिएको भए उनी त्यसैदिन अवकास पाउने थिए । ५८ वर्ष उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com