२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अगस्टमा अमेरिकी बेरोजगारी दाबीमा गिरावट: ६ हजार आवेदन घट्दा श्रम बजार सन्तुलित

Photo: Sasun Bughdaryan/ Unsplash

गत साता अमेरिकामा बेरोजगारी भत्ताका लागि पहिलो पटक आवेदन दिने मानिसहरूको संख्यामा केही कमी आएको छ। जुलाई महिनामा रोजगारीको संख्यामा अप्रत्यासित गिरावट आए तापनि देशको श्रम बजार अझै स्थिर रहेको यसले संकेत गर्दछ। यस नतीजाले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर घटाउनुको साटो महङ्गी नियन्त्रणमै ध्यान केन्द्रित गर्ने वातावरण बनाइदिएको छ।

अमेरिकी श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, अगस्ट १५ मा समाप्त भएको सातामा प्रारम्भिक बेरोजगारी दाबी ६,००० ले घटेर मौसमी समायोजनपछि २,०६,००० पुगेको छ। यसअघि अर्थशास्त्रीहरूले २,१०,००० दाबीको अनुमान गरेका थिए।

रेउटर्नका अनुसार, हालै भिषण डढेलोबाट प्रभावित ओरेगन र वासिङ्टन जस्ता राज्यहरूबाट दाबी बढ्न सक्ने अनुमान गरिएको भए तापनि तथ्यांकमा त्यस्तो असर देखिएन। दुवै राज्यमा नयाँ दाबीहरूको संख्या घटेको पाइएको छ।

जुलाईमा अमेरिकामा २३,००० रोजगारी घटेका थिए, तर यो गिरावट मुख्यतया स्थानीय सरकारी शिक्षा क्षेत्रमा सीमित थियो। निजी क्षेत्रमा भने ३०,००० नयाँ रोजगारी थपिएका छन्। बढ्दो उमेरका कारण भइरहेको अवकाश र आप्रवासन नीतिहरूका कारण श्रमिकको संख्या घटेको छ, जसले गर्दा थोरै रोजगारी सिर्जना हुँदा पनि बेरोजगारी दर ४.१ प्रतिशतको ऐतिहासिक तल्लो विन्दुमै स्थिर छ।

यसैगरी, प्रारम्भिक आवेदनपछिको दोस्रो साता वा सोभन्दा बढी समयदेखि भत्ता लिइरहेका मानिसहरूको संख्या अगस्ट ८ मा समाप्त सातामा १८,००० ले बढेर १७ लाख ९९ हजार पुगेको छ। यो वृद्धिले अघिल्लो साताको गिरावटलाई उल्ट्याए तापनि यो संख्या गत वर्षको तुलनामा निकै कम छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।