२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

न्यूयोर्कका मेयर ममदानीद्वारा आफ्नै सिटी काउन्सिलविरुद्ध मुद्दा दर्ता

न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले अफिस अफ द मेयर अफ न्यूयोर्क सिटीले सिटी काउन्सिलविरुद्ध मुद्दा दर्ता गरेका छन्। काउन्सिलले पारित गरेको नयाँ विधेयकले सामूहिक सौदाबाजी  सम्बन्धी श्रम कानूनको उल्लंघन गरेको दाबी गर्दै उनले बुधबार अदालतमा मुद्दा दायर गरेका छन्।

यो मुद्दा काउन्सिलको विधेयक प्रमाणीकरण भई कानून बनेकै दिन म्यानहटनस्थित स्टेट सुप्रिम कोर्टमा दर्ता गरिएको हो। मेयर ममदानीले यस विधेयकमा भिटो प्रयोग नगरे पनि काउन्सिलसँग भिटो निस्तेज  गर्ने पर्याप्त मत भएकाले यसलाई रोक्न नसक्ने बुझेर सिधै कानूनी बाटो रोजेका हुन।

काउन्सिलले पारित गरेको विधेयकले सार्वजनिक विद्यालयका न्यून तलब पाउने करिब २६,००० शिक्षण सहायकहरूलाई १०,००० डलर बोनस दिने व्यवस्था गरेको छ। यो विधेयकलाई यूनाइटेड फेडरेसन अफ टिचर्स  र काउन्सिल सभामुख जुली मेनिनको बलियो समर्थन रहेको छ।

मेयरका प्रवक्ता म्याट रोस्चेनबाखका अनुसार, यो कदम युनियनको अधिकार र श्रम कानूनको रक्षाका लागि चालिएको हो। उनले भने, हामी राजनीतिक प्रक्रियालाई सामूहिक सौदाबाजीको टेबल विस्थापित गर्न दिने छैनौँ। मजदुरहरूले नभई राजनीतिज्ञहरूले उनीहरूको भविष्य तय गर्ने स्थिति नआओस् भन्नका लागि यो मुद्दा दायर गरिएको हो।

यद्यपि चुनाव प्रचारका क्रममा डेमोक्रेटिक सोसलिस्ट नेता ममदानीले यी बोनसहरूको समर्थन गरेका थिए। तर मेयर बनेपछि उनले यो विधेयकको विरोध गर्दै सेवा सुविधाहरू सामूहिक सौदाबाजीमार्फत नै तय गरिनुपर्ने अडान लिएका छन्।

सिटी बजेट कमिसनका अनुसार यो विधेयक लागू हुँदा करिब ३२ करोड २५ लाख डलर खर्च हुनेछ। युनियनका अध्यक्ष माइकल मलग्रिउले भने मेयरको यो कदमको आलोचना गर्दै काउन्सिलको निर्णयलाई मजदुरहरूको जितको रूपमा व्याख्या गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।