माओवादीले बादललाई राष्ट्रिय सभा सदस्य बनाउने


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

१६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल)लाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ ।

बादलले चितवन क्षेत्रनम्बर २ मा प्रत्यक्ष तर्फको उम्मेदवार दावी गरेका थिए । एमालेले चितवन २ नछाड्ने अडान लिएपछि बादललाई काठमाडौं १० वा नवलपुर १ बाट उम्मेदवार बनाउने प्रयास माओवादीले गरेको थियो ।

तर बादलले गृहजिल्ला चितवन बाहेक अन्तबाट चुनाव नलड्ने बताएपछि उनको नाम प्रत्यक्ष तर्फका उम्मेदवारहरुको सूचीमा परेन । उनले प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा देखाएपछि समानुपातिकको सूचीमा पनि नाम राखिएको थिएन । त्यसैले अब उनलाई राष्ट्रिय सभामा लैजाने माओवादीले आश्वासन दिएको छ ।

माओवादी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘वाम गठवन्धन लगायतका विविध कारणले बादल जीलाई यसपटक टिकट दिन सकिएन । अब उहाँलाई राष्ट्रिय सभामा सिट सुरक्षित गरिने छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ-आठ जना चुनिएर आउँछन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित हुन्छन् ।

प्रतिनिधिसभामा भने १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकाहरु र समानुपातिकबाट चुनिएका ११० जना गरी जम्मा २७५ सदस्य हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com