सर्वोच्चबाट जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

प्रहरीले भने पुष्टि गरेको छैन ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।

यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com