विश्वकप फुटबल: पूर्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य


प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार

फोटो : एपी/रासस

विश्वकप फुटबल २०२६ अन्तर्गत भएको खेलमा पूर्वविश्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य भएको छ।

कीर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिल समूह ‘सी’ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको हो।

न्यूयोर्कको मेटलाइफ रङ्गशालामा भएको उक्त खेलमा ब्राजिल र मोरक्कोले १-१ गोलको बराबरी खेलेका हुन्।

खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ३२ औं मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काए।

पहिलो हाफमै बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल गर्न भने असफल रहे।

मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा मैदान उत्रिएको ब्राजिलले खेलमा त्यति प्रभावशाली प्रदर्शन गर्न भने सकेन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com