२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

काठमाडौँमा टर्किस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक ठुलो दुर्घटनाबाट जोगिएको छ। सोमबार बिहान इस्तानबुलबाट काठमाडौँ आएको TK 726 विमान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेपछि जोखिम बढेको थियो।

बिहान करिब पौने सात बजे अवतरणका क्रममा चक्कामा देखिएको आगो तत्काल दमकल प्रयोग गरी निभाइएको थियो। आगो लागेलगत्तै चालक दलले आकस्मिक ढोका खोलेर यात्रुहरूको उद्धार गरेका थिए। विमानमा रहेका ४ बालबालिकासहित २७७ जना यात्रुहरू सबै सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।

जहाज धावनमार्ग मै अड्किएका कारण अन्तर्राष्ट्रिय उडानका ठुला जहाजहरूको नियमित तालिका प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजलाई धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।