को हुन् पशुपति क्षेत्रमा अलपत्र भेटिएका विदेशी नागरिक ?


प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा भेटिएका एक  फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ ।

सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । 

उनले भने, “फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।”

यसैगरी, निज फ्रान्सेली नागरिक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका थिए । आर्थिक कारणले गर्दा उनीहरूले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरू आफू बसेको होटेलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com