अमेरिकाद्वारा इरानको प्रमुख इन्धन केन्द्र ‘खार्ग आइल्याण्ड’ कब्जा गर्ने तयारी


प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल भण्डार कब्जा गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानको प्रमुख इन्धन केन्द्र ‘खार्ग आइल्याण्ड’ नियन्त्रणमा लिन सक्ने संकेत गरेका हुन्।

ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन चाहेको उल्लेख गर्दै अमेरिकाभित्रै यस्तो कदमको विरोध गर्नेहरूलाई “मूर्ख” को संज्ञा दिएका छन्।

उनले खार्ग टापु कब्जा गर्ने सम्भावनाबारे संकेत गर्दै भने, “हामी खार्ग टापु लिन पनि सक्छौँ वा नलिन पनि सक्छौँ। हामीसँग धेरै विकल्पहरू छन्। तर यदि लियौँ भने केही समय त्यहाँ बस्नुपर्ने हुन्छ।”

उक्त टापुको सुरक्षाबारे सोधिएको प्रश्नमा उनले थपे, “मलाई लाग्दैन कि उनीहरूसँग कुनै विशेष सुरक्षा छ। हामी यसलाई सजिलै नियन्त्रणमा लिन सक्छौँ।”

अमेरिकाको ध्यान उक्त टापुतर्फ मोडिनुको मुख्य कारण त्यहाँ रहेको विशाल तेल भण्डारण तथा निर्यात केन्द्र हो, जसलाई इरानको अर्थतन्त्रको ‘जीवनरेखा’ मानिन्छ।

यदि उक्त टापु कब्जा गरियो भने इरानको तेल निर्यात ठप्प हुनेछ र यसले इरानको मुख्य भूभागमा आक्रमण गर्नका लागि सैन्य आधार समेत प्रदान गर्ने विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार, टापु कब्जा हुँदा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ को मुख्य आम्दानीको स्रोत बन्द हुनेछ, जसले उनीहरूको युद्ध सञ्चालन गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ।

त्यहाँ हुने सैन्य कारबाही आकारमा सानो देखिए तापनि कार्यान्वयनका हिसाबले चुनौतीपूर्ण हुन सक्ने विश्लेषकहरूको ठम्याइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com