अमेरिका पठाउने भन्दै १० लाख ठगी, ४३ वर्षीया विना र ४५ वर्षीया विन्दा पक्राउ
प्रकाशित मिति : माघ २६, २०८२ सोमबार
नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै दश लाख ठगी गरेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विना र विन्दाले आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका थिए ।
पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौं महानगरपालिका ११ बाट आइतबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।






