भ्यालेन्टाइन्स डेमा न्युयोर्कका नेपालीलाई हसाउँदै चर्चित ५ हाँस्य कलाकारहरु


प्रकाशित मिति : माघ २१, २०८२ बुधबार

नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको संयुक्त प्रस्तुति ‘हाँस्छ अमेरिका भोल्युम–१’ अमेरिकामा आयोजना हुने भएको छ। यो कार्यक्रम आगामी फेब्रुअरी १४, २०२६ (भ्यालेन्टाइन डे) का दिन न्युयोर्कको वुडसाइडस्थित ‘द प्यालेस’ मा आयोजना हुनेछ।

कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकार तथा प्रस्तोताहरू कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल, भरतमणि पौडेल तथा सुमन कार्कीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन्। स्ट्यान्डअप कमेडी, समसामयिक व्यङ्ग्य र प्रहसनमार्फत प्रवासी नेपालीहरूलाई हाँसोमा डुबाउने आयोजकको लक्ष्य रहेको छ।

पेमा लामा र लाक्पा तामाङको सक्रियतामा आयोजना हुन लागेको यस कार्यक्रमले व्यस्त र तनावपूर्ण जीवनशैलीका बीच समुदायमा सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ। आयोजकहरूका अनुसार आजको परिवेशमा केही घण्टाका लागि भए पनि दर्शकले सबै चिन्ता बिर्सिएर रमाइलो गर्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

नेपाली कला, हास्य र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्दै समुदायलाई एकै ठाउँमा जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com