भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लियो, यात्रु सकुशल
प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार
भद्रपुर विमानस्थल । फाइल तस्वीर : विकिपीडियाबाट
झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।
“विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्”, उनले भने ।
शुक्रबार साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।






