Follow @khasokhasmag

दक्षिण कोरियामा शक्तिशाली भूकम्प


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

दक्षिण कोरियामा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको योन्हाप न्युज एजेन्सीले जनाएको छ। सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी शहरमा पहिलो ५.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र यसको करिब एक घण्टाको अन्तरमा सोही क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ।

स्थानीय समयअनुसार सोमबार साँझ करिब ८:३० बजे गएको भूकम्पको केन्द्र विन्दु गेएङजु सहरमा रहेको छ। भूकम्पबाट आत्तिएका कोरियालीहरू घर तथा कार्यस्थलबाट खुला ठाउँतिर दौडिएका दृश्यहरू स्थानीय समाचार माध्ययमले देखाएका थिए।

तर, अमेरिकी भूगर्भ विभाग यूएसजीएस ले सुरुको धक्का ४.९ म्याग्निच्युडको भएको र पछिल्लो ५.४ म्याग्निच्युडको भएको जनाएको छ। भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विस्तृत विवरण आइनसकेको बताइएको छ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com