आइस अधिकारीहरूलाई ट्र्याक गर्ने मोबाइल एपहरू तत्काल हटाउन गुगल र एप्पललाई चेतावनी


प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

अमेरिकाको हाउस कमिटी अन होमल्यान्ड सेक्युरिटीले गुगल र एप्पललाई फेडरल इमिग्रेशन अधिकारीहरूलाई ट्र्याक गर्ने मोबाइल एप हटाउन विस्तृत कदमबारे जानकारी दिन आग्रह गरेको छ।

कमिटीले विशेष गरी ‘आइस ब्लक’ नामक एपलाई चिन्हित गरेको छ। यो एप अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टहरूको गतिविधि निगरानी गर्न प्रयोग हुँदै आएको थियो। कमिटीका नेताहरूले यी एपहरू एप स्टोरमा रहनु आइसका कर्मचारीहरूको सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताएका छन् । सांसदहरूले डिसेम्बर १२ सम्ममा कम्पनीबाट ब्रिफिङ मागेका छन्।

पत्रमा गुगल र एप्पललाई चेतावनी दिँदै भनिएको छ, “यी एपहरूले अधिकारीहरूलाई लक्षित गर्न वा कानुनी इमिग्रेशन कार्यमा बाधा पुर्‍याउन प्रयोग हुन नदिन सुनिश्चित गर्नुपर्छ।”

कमिटीले भनेको छ, “अभिव्यक्ति स्वतन्त्रता सुरक्षित भए तापनि यसले तत्काल गैर कानुनी गतिविधि उत्प्रेरित गर्ने क्रियाकलापलाई अनुमति दिँदैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबरमा गुगलले आइस ब्लक कहिल्यै प्ले स्टोरमा उपलब्ध नभएको र नीति उल्लङ्घनका कारण अन्य समान एपहरू हटाइएको बताएको थियो । एप्पलले पनि सोही समयमा आइस ब्लक र अन्य ट्र्याकिङ एपहरू आफ्नो स्टोरबाट हटाएको थियो।

अटर्नी जनरल प्याम बोन्डीले भनेकी छिन्, “यी एपहरूले आइस एजेन्टहरूको कामकै क्रममा जोखिम सिर्जना गर्छन्।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com