आइस अधिकारीहरूको हत्या गर्ने योजनाबारे दाजुभाइको कुराकानी अफ-ड्युटी प्रहरीले सुनेपछि…


प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)का अधिकारीहरूलाई लक्षित गर्दै आक्रमण योजनाबारे छलफल गरिरहेको अफ–ड्युटी प्रहरीले सुनेपछि भर्जिनियाका दुई दाजुभाइलाई पक्राउ गरिएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार पक्राउ पर्नेमा जोन विल्सन बेनेट र मार्क बूथ बेनेट छन् । 

उनीहरू दुवै अमेरिकी नागरिक हुन् । गत हप्ता “मालिसियस वाउन्डिङ्ग गर्न षड्यन्त्र” आरोपमा पक्राउ परेका हुन्। नोभेम्बर १७ मा भर्जिनिया बीच प्रहरीसँग मिलेर अनुसन्धान सुरु गरिएको थियो, जब एक अफ–ड्युटी नर्फोक प्रहरीले दाजुभाइले “प्रहरी अधिकारी तथा आइस एजेन्टहरूलाई मार्ने योजना” बारे कुरा गरेको सुनेका थिए।

मार्क बेनेटले लस भेगास पुगेर अन्य व्यक्तिहरूसँग मिलेर हतियार किन्न जाने योजनाको समेत उल्लेख गरेको सुनेपछि उनी नोभेम्बर १९ मा नर्फोक इन्टरनेशनल एयरपोर्टमा उडान अघि नै पक्राउ परेका हुन् । सोही दिन केम्प्सभिल हाईस्कूलका सह–प्रिन्सिपल समेत रहेका उनका दाजु जोन बेनेट भर्जिनिया बीचमै पक्राउ परे । 

दुवैलाई अदालतले घरमै बस्ने गरी प्रि–ट्रायल निगरानीमा रिहा गरेको छ। वकिलहरूले उनीहरू समुदायका लागि कुनै खतरा नरहेको दाबी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले आप्रवासन अधिकारीहरूविरुद्ध बढ्दो आक्रमण, धम्की, ‘बाउण्टी’ तोक्ने गतिविधि र अनलाइनमा व्यक्तिगत विवरण सार्वजनिक गर्ने घटनामा तीव्र वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिन्। उनका अनुसार उच्च क्षमताका हतियार प्रयोग गरी अधिकारीहरूलाई लक्षित गर्ने जस्ता योजनाहरू ‘अत्यन्तै भयावह’ छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com