अमेरिकामा रहेका करिब २ लाख युक्रेनी शरणार्थी कानुनी संकटमा, निर्वासनको जोखिम


प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिकामा बसेका करिब २ लाख युक्रेनी शरणार्थी हाल कानुनी संकटमा परेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ढिलाइका कारण पूर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा सुरू गरेको मानवीय कार्यक्रमअन्तर्गत प्राप्त बसाइ नवीकरण नहुँदा उनीहरू निर्वासनको जोखिममा पुगेका हुन्।

बुचाकी ३५ वर्षीया कात्रिना गोलिज्द्राको कानुनी अनुमति मे महिनामा सकिएसँगै उनी काम गुमाउन, बीमा खोसिन र देशनिकाला जोखिममा पर्न बाध्य भएकी छन्। फोर्ट लडरडेलको रिट्ज–कार्लटनमा वार्षिक ५० हजार डलर कमाउने व्यवस्थापकको पदसमेत छोड्नुपरेको उनले बताइन्। स्वास्थ्य बीमा गुमेपछि उनी कलेजोसम्बन्धी उपचारबाट पनि वञ्चित भएकी छन्।

मानवीय कार्यक्रमअन्तर्गत अमेरिकामा प्रवेश पाएका करिब २६०,००० युक्रेनीमध्ये ठूलो संख्या नवीकरण प्रक्रियामा अड्किएको छ। अमेरिकी सरकारी तथ्यांक अनुसार २०२५ मार्च ३१ सम्म करिब २ लाखजनाको कानुनी स्थिति जोखिममा परेको छ। ढिलाइले प्रभावित जनसङ्ख्या यसअघि सार्वजनिक गरिएको थिएन।

ढिलाइका कारण विद्यार्थी, टेक कर्मचारी, शिक्षकदेखि वित्तीय योजनाकारसम्मले रोजगारी र कार्य अनुमति दुवै गुमाएका छन्। असर झेलिरहेका धेरैले बचत खर्च गर्न, ऋण लिन अथवा राहत खोज्न बाध्य भएको बताएका छन्। केहीले घरबाहिर ननिस्कने, त केहीले क्यानडा, युरोप वा दक्षिण अमेरिकातिर जान विवश भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेन फर्किनु धेरैका लागि खतरा बनेको छ। गोलिज्द्राको बुचास्थित घर २०२२ मा रुसको आक्रमणपछि जलेर नष्ट भएको थियो। बुचामा सयौँ नागरिक मृत फेला परेका थिए।

गोलिज्द्रा भन्छिन्, “छ महिनादेखि म लगातार तनाव र त्रासमा छु। यदि अमेरिकाबाट जानै पर्‍यो भने फेरि जीवन सुरु गर्नुपर्नेछ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com