अमेरिकाको न्यु ओर्लियान्समा आप्रवासन कारबाहीको तयारी, शार्लोट कारबाहीको क्रममा ३७० जना पक्राउ


प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार

अमेरिकाको नर्थ क्यारोलाइनाको शार्लोट शहरलाई निशाना बनाएर सुरु गरिएको आप्रवासन (इमिग्रेशन) कारबाही सकिएको स्थानीय अधिकारीहरूले घोषणा गरेपछि अन्योलता देखिएको छ।

शनिबार सुरु भएको आप्रवासन कारबाही सकिएको भन्दै स्थानीय अधिकारीहरूले घोषणा गरेका हुन्। तर, केही क्षणमै संघीय अधिकारीहरूले यो दाबी अस्वीकार गर्दै अभियान कायमै रहेको बताएका छन्।

बिहीबार बिहान मेकलेनबर्ग काउन्टीका शेरिफ गेरी म्याकफ्याडेनले शहरमा भइरहेको संघीय आप्रवासन कारबाही सकिएको भनी वक्तव्य जारी गरेका थिए।

तर, तुरुन्तै एक उच्च डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अधिकारीले यो दाबी “गलत” भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डीएचएसले शार्लोटमा भइरहेको कारबाहीलाई “अपरेशन शार्लोट्स वेब” नाम दिएको छ।

जसअन्तर्गत पाँच दिनभन्दा बढी समयसम्म चलेको अभियानमा ३७० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो।

यस कारबाहीका क्रममा व्यवसायहरू बन्द भए। स्कुलमा विद्यार्थी जान सकेनन्। समुदायमा डर र त्रास फैलिएको बताइन्छ।

कारबाहीमा नेतृत्व दिएका शीर्ष बोर्डर पेट्रोल अधिकारी ग्रेगरी बोभिनो र उनका केही संघीय एजेन्टहरूले बिहीबार शार्लोट छोडेको बताइएको छ। तर, डीएचएसका सहायक सचिव ट्रिसिया म्याकलफलिनले अपरेशन शार्लोट्स वेब अहिलेका लागि नरोकिनेबताइन्।

अधिकारीहरूका अनुसार, बोभिनोले शार्लोट छोडेको भए पनि शार्लोट क्षेत्रमा आप्रवासन कारबाही शिकागोमा जस्तै जारी रहने छ।

बोभिनो र उनको टोलीले थ्याङ्क्सगिभिङ छुट्टीपछि सम्भवतः डिसेम्बर १ देखि न्यु ओर्लियान्समा अर्को कारबाही सुरु गर्ने तयारीमा छन्।

अब ध्यान न्यु ओर्लियान्सतर्फ केन्द्रित भएको देखिन्छ, जहाँ डिसेम्बर १ देखि कारबाही सुरु हुने सम्भावना छ। यो पहिलो पटक रिपब्लिकन–नेतृत्व पूर्ण राज्यभित्र डेमोक्रेट–नेतृत्व शहरमा जस्तो अपरेशन हुनसक्ने बताइएको छ।

केही दिनसम्म संघीय आप्रवासन कारबाही चलेपछि शार्लोट शहरको समुदायमा त्रास फैलिएको स्थानीयहरूले बताएका छन्। शनिबारदेखि बिहीबारसम्म करिब ३० हजार विद्यार्थी विद्यालय जान जान नपाएका स्थानीयहरुले बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com