न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा


प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

अमेरिकाको न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया एकल नेपाली युवतीको जीवन कथामा आधारित वेब सिरिज ‘मनकला’ युट्युबमा प्रशारण आरम्भ भएको छ । सिरिजले प्रवासमा बस्ने युवतीहरूको हरेक हाँसोभित्र लुकेको पीडा, परिवारको अपेक्षा र व्यक्तिगत स्वतन्त्रताको खोजीलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

कथामा मनकला आफ्नै सपना र परिवारको चाहनाबीच फस्छिन् । विवाहको दबाब, घरको जिम्मेवारी र समाजको दृष्टिकोणबीच उनले आत्म–पहिचान खोज्ने यात्रामा निस्कँदा, दर्शकले आफूलाई उनको स्थानमा महसुस गर्नसक्ने निर्माण पक्षको दावी छ ।

यो सिरिजको निर्देशन ओम राज राउत र प्रमोद विश्वकर्माले संयुक्त रूपमा गरेका छन् । छायाँकन निर्देशकमा सङ्गम राई, प्रोडक्शन डिजाइनरमा डोमिनिका प्लाटेक, सम्पादनमा प्रमोद विश्वकर्मा र प्रकाश बस्नेत, ध्वनि डिजाइनरमा नबिन श्रेष्ठ, र लाइन प्रोड्युसरमा केदार भुसाल रहेका छन्।

न्यू इन्भिजन प्रोडक्सन र बेबी लोहाट प्रोडक्सनको संयुक्त निर्माणमा बनेको ‘मनकला’ ले यथार्थपरक कथानक, संवेदनशील अभिनय र उत्कृष्ट प्राविधिक पक्षका कारण दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच भागमा तयार गरिएको सिरिजको पाइलट एपिसोड न्यू इन्भिजन प्रोडक्सनको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । अर्को एपिसोड केही दिनभित्रै सार्वजनिक गर्ने तयारी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com