अमेरिकामा २५ घण्टाको नोभेम्बर २, घडी मिलाउनुभयो त?


प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

round black and brown analog clock

अमेरिकामा आज २ नोभेम्बर २५ घण्टाको भएको छ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर १ को राती सकिएपछि नोभेम्बर २ को विहान पूर्वीय समय अनुशार १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बजेको थियो । बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाए भने रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गरे ।

१ घण्टा समय पछाडि फर्किएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्छ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सरेको छ ।

यो बर्ष अमेरिकामा मार्च ९ मा डे लाइट सेभिंग सुरु भएको थियो । उक्त दिन २३ घण्टाको रहेको थियो भने पूर्वीय समय अनुशार विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ नबजी एकैचोटी ३ बजेको थियो । अमेरिकामा सन् २०२६ मा भने मार्च ८ मा डे लाइट सेभिंग सुरु हुनेछ भने नोभेम्बर १ मा समाप्त हुनेछ । अर्थात् मार्च ८ को दिन २३ घण्टाको हुनेछ भने नोभेम्बर १ को दिन २५ घण्टाको हुनेछ ।

अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा डेलाइट सेभिङ टाइमलाई स्थायी राखेको हो । इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखिएको थियो। सन् १९४५ मा युद्ध समाप्त भएपछि ग्यालपले उत्तरदाताहरूलाई हामीले कसरी समय बताउनुपर्छ भनेर सोध्दा केवल १७ प्रतिशतले त्यसबेला युद्ध समय भनिने कुरालाई सबै वर्षमा राख्न चाहन्थे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९७० को दशककोको ऊर्जा संकटको समयमा सन् १९७३ देखि १९७४ को हिउदमा स्थायी डेलाइट सेभिङ टाइम पुन प्रयास गरिएको थियो । त्यतीबेला पनि फेरि इन्धन बचत गर्ने विचार आयो। जनवरी १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले कानूनमा हस्ताक्षर गर्दा यो एक लोकप्रिय चाल थियो। तर महिनाको अन्त्यमा फ्लोरिडाका गभर्नरले अन्धकारमा आठ स्कूलका बच्चाहरूलाई कारले ठक्कर दिएपछि कानून खारेज गर्न आह्वान गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com