ट्रम्पले तोके अमेरिकाको इतिहासमै सबैभन्दा कम शरणार्थी सीमा, ७५ सयमात्र भित्राइने


प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा शरणार्थी भर्नाको लागि अहिलेसम्मकै सबैभन्दा कम लक्ष्य तोकेका छन् । उनले आर्थिक बर्ष २०२६ मा अधिकतम ७५ सय शरणार्थीहरू लाई मात्र प्रवेश दिने र त्यसमध्ये अधिकांश कोटा श्वेत दक्षिण अफ्रिकीहरूलाई दिनुपर्ने आदेश दिएका छन् । यो संख्या १९८० मा अमेरिकी शरणार्थी कार्यक्रम स्थापना भएदेखिकै सबैभन्दा कम हो।

यो संख्या जर्ज डब्लु बुश र ओबामा प्रशासनको समयमा रहेको ७०,००० देखि ८०,००० को दायराभन्दा निकै कम हो । त्यस्तै राष्ट्रपति बाइडेनको पालामा तोकिएको १ लाख २५ हजारको लक्ष्यको त एक अंश मात्र हो। ट्रम्पको पहिलो प्रशासनको अन्तिम वर्षमा भर्ना भएका त्यतिबेलाको सबैभन्दा कम ११,८१४ शरणार्थी भन्दा पनि यो कम लक्ष्य हो।

परम्परागत रूपमा,अमेरिकी शरणार्थी कार्यक्रमले आफ्नो देशमा खतरा वा सतावटबाट भागेकाहरूलाई स्वागत गर्दछ। तर सेप्टेम्बर ३० मा ट्रम्पबाट आएको र बिहीबार फेडरल रजिस्टरमा प्रकाशित भएको यस निर्णयमा देशले भेदभावको सामना गरिरहेकाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरिएको छ । कार्यकारी आदेश १४२०४ अनुसार भर्ना संख्याहरू मुख्यतया दक्षिण अफ्रिकाका अफ्रिकानरहरू र तिनीहरूको सम्बन्धित मातृभूमिमा अवैध वा अन्यायपूर्ण भेदभावका अन्य पीडितहरू बीच विनियोजन गरिनेछ ।

ट्रम्प प्रशासनले यसअघि नै केही अफ्रिकानरहरूलाई शरणार्थी कार्यक्रम मार्फत भर्ना गरिसकेको छ । ट्रम्पले पहिले पनि यो समूहले घृणायुक्त बयानबाजी र अत्यधिक हिंसाको सामना गरिरहेको बताएका थिए । यद्यपि शरणार्थीहरूको लागि वकालत गर्नेहरूले यो निर्णयलाई विश्वभरका मानिसहरूलाई आश्रय प्रदान गर्न डिजाइन गरिएको कार्यक्रमको दुरुपयोग भएको तर्क गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिका सरकारले पनि अफ्रिकानरहरूको बारेमा ट्रम्पको दाबीलाई पूर्ण रूपमा झूटो भन्दै अस्वीकार गरेको छ। धेरै आलोचकहरूले यो सीमाले ट्रम्प प्रशासनले जातीयतालाई अनुचित रूपमा प्राथमिकता दिएको बताएका छन्।

हाउस र सिनेट न्याय समितिका डेमोक्रेटहरूले यो ट्रम्पको सीमा ९४ प्रतिशतको कटौती भएको र यसले वर्षौंदेखि खराब परिस्थितिमा लाइनमा बसिरहेका दशौं हजार शरणार्थीहरूलाई वेवास्ता गर्ने बताएका छन्। उनीहरूले परामर्श नगरी गरिएको यो निर्णय अवैध र अमान्य भएको पनि दाबी गरेका छन्। ट्रम्पले अमेरिकामा कानुनी रूपमा स्थिति प्राप्त गर्ने धेरै तरिकाहरूलाई सीमित गरेर अध्यागमन घटाउने प्रयास गर्दै आएका छन् ।

बाइडेनको पहिलो वर्षमा सबैभन्दा कम ११,४११ शरणार्थी भर्ना भएका थिए, तर उनको अन्तिम वर्षमा यो संख्या १ लाख भन्दा बढी पुगेको थियो। यो वर्ष अहिलेसम्म अमेरिकाले २७ हजार भन्दा बढी शरणार्थीहरूलाई भर्ना गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com