आज विजया दशमी: मान्यजनका हातबाट टीका र आशीर्वाद ग्रहण गरिँदै


प्रकाशित मिति : आश्विन १४, २०८२ बुधबार

आज विजया दशमी। नेपालमा बडादशैँको मुख्य दिनको रूपमा विजया दशमी मनाइँदैछ। यस दिन आफ्ना मान्यजनका हातबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गरिन्छ।

दुर्गा पक्षको मुख्य दिन भएकाले मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा-आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ। रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाका लागि बिहान ११ बजेर ५३ मिनेटको शुभ साइत रहेको जनाएको छ। यद्यपि, धर्मशास्त्रविद्हरूका अनुसार दुर्गा विसर्जनपछि जुनसुकै बेला टीका लगाउन सकिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनु उपयुक्त हुन्छ। नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ।

विजया दशमीलाई असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यो बडादशैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो।

ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने प्रचलन रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com